२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

कमला नगरपालिकामा फेरि अर्को डकैती, परिवारजन उपर हतियार प्रहार:

उक्त घटनामा रामचन्द्रकी श्रीमति सुनरदेवी यादव र २५ वर्षीय छोरा सहदेव यादव र बुहारी जनकदेवी यादव लुटेराको कुटाइबाट घाइते
image

जनकपुरधाम। विहिबार राती धनुषाको कमला नगरपालिकामा डकैती भएको घटना नसेलाउँदै शुक्रबार फेरि कमला नगरपालिकामा डकैती भएको छ । 

 

 

विहिबार राती डकैतहरुको समूहले कमला नगरपालिका वडा नं. १ मँगराहामा डकैती भएको थियो भने शुक्रबार मात्र दिउँसै कमला नगरपालिका वडा नं. ३ लगमामा समेत डकैती भएको छ । दिउँसो करिब ४ बजेको समयमा पूर्व गाविस माचि झिटकैया वडा नं. ५ तथा वर्तमान कमला नगरपालिका वडा नं. ३ लगमा बस्ने स्थानीय रामचन्द्र यादवको घरमा डकैती भएको हो । 

 

पूर्वी धनुषाको कमला नदिदेखि करिब ३ किलोमिटरको दुरीमा मात्र रहेको लगमामा  ७-८  जनाको समूहमा गएका  डकैतहरुले घरको ढोका फुटाई प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिई लुटपाट गरेका हुन् । उनीहरुले करिब २ लाख मूल्य बराबरको गरगहना तथा जिन्सी सरसमानहरु लुटेर लगेको पीडित परिवारजनले जनाएको छ । 

 

उक्त घटनामा रामचन्द्रकी श्रीमति सुनरदेवी यादव र २५ वर्षीय छोरा सहदेव यादव र बुहारी जनकदेवी यादव लुटेराको कुटाइबाट घाइते भएका छन् । घाईते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।