२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

जिसस धनुषाले जिल्लाभरका क्रसर र बालुवा प्रशोधन उद्योगहरु बन्द गराएको छ

धेरै जसो अवैध क्रसर सञ्चालन
image

महेन्द्रनगर,
जिल्ला समन्वय समिति धनुषाले जिल्लाभरका क्रसर र बालुवा प्रशोधन उद्योगहरु बन्द गराएको छ ।

 

समितिको शुक्रबार बसेको बैठकले शुक्रबारदेखि नै तत्कालका लागि सबै क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगहरु बन्द गराउने निर्णय गरेको हो ।

 

अवैध रुपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगले चुरे क्षेत्र दोहन गरेर कुरुप बनाएको जनगुनासो बढेपछि जिल्ला समन्वय समितिले क्रसर उद्योगीहरुलाई उद्योगको आधार प्रमाण पेश गर्न पत्रचार गरेको थियो ।

 


अनुगमन समितिले गत माघ महिनामा नै समन्वय समितिको कार्यालयमा उद्योगको कागजपत्र पेश गर्न निर्देशन दिएको थियो । एक महिना बितेपनि उद्योगीहरुले पत्रको उत्तर पठाएनन् ।

 

क्रसरवालाहरुले नदीमा अवैध दोहन गरिरहेका जनगुनासो छ,’ जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले भने, ‘क्रसर बन्दको निर्णयले परेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’

 

धनुषामा चार दर्जनभन्दा बढी क्रसर सञ्चालन छन् । जसमा धेरै जसो अवैध छन् ।