२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

धनुषामा बालिकालाई जबर्जस्ती करणी आरोपमा एक भारतीय पक्राउ

image

जनकपुरधाम। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा १० वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा १ जना जबर्जस्ती करणी गर्न खोजेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । 

 

जनकपुरधाम उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्षका सञ्जय ठाकुरलाई पक्राउ गरिएको हो ।

 

बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लगेर बलात्कारको प्रयास गरेको भन्ने आरोपमा उनलाईलाई आइतबार साँझ पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

 

ठाकुरलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।