२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १६ औं बार्षिक साधारण सभा सम्पन्न

सधारणसभाबाट २०७४/०७५ को आयव्य प्रस्तुत
image

महेन्द्रनगर, साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

 

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ स्थित प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल र संस्थाको अध्यक्ष इन्द्र कुमार महतोको अध्यक्षतामा भएको सधारणसभाबाट २०७४/०७५  को आयव्य प्रस्तुत गरिएको थियो ।

 

 

त्यस्तै कार्यक्रममा प्रमुख अतिथी पजियार र मण्डल ले नगरपालिकाबाट खासगरी कृषिमा जोड दिदैँ सिचाई, कृषि तालिम र कृषिलाई आधुनिकता दिनको लागी विभिन्न शिर्षकमा छुटै बजेट विनियोजन गरेका छौं र आउँदादिनमा नगरपालिकाको बैठकबाट यस्ता संस्थाको लागी हुने सहयोग गर्ने प्रतिवधता गर्नुभएको थियो ।

 

 

कार्यक्रममा विष्ठि अतिथी साना किसानको बोर्डअफ डाइरेक्टर रविन्द्र कुमार यादव र साना किसान प्रदेश नम्बर २ का संयोजक राम कुमार महतो लगायतका व्यक्तिहरुले आफना मन्तव्य राखेका थिए भने अतिथीहरु धनुषामा रहेका साना किसानहरुको प्रबन्धक एंव संचालक समिति, क्षिरेश्वरनाथ नगरपालिका ८ का वडा अध्यक्ष अशेश्वर महतो ९ का अशोक चौधरी, कार्यपालिका सदस्य विरेन्द्र सिंह लगायतका उपस्थिती रहेको थियो ।

 

 

साथै कृषि सहकारी संस्थामा राम्रो काम गरेको र समयमा व्यज र सवा बुझाउने शेयर सदस्य र अतिथीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।