२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

प्रदेश २ का साढे ५ लाख विद्यार्थी खाजाबाट बंचित, डेढ अर्ब रुपैयाँ फ्रिज !

धनुषामा मात्रै प्रावि र बालविकासमा अध्यनरत करिब ७५ हजार बालबालिकाका लागि दिवा खाजा शिर्षकमा २० करोड रुपैयाँ बजेट निकासा भएको छ ।
image

जनकपुरधाम : प्रदेश २ का विद्यार्थीको खाजाका लागि संघीय सरकारबाट प्राप्त डेढ अर्ब बढी रकम प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण ुफ्रिजु हुने अवस्थामा पुगेको छ ।

 

विद्यार्थीलाई विद्यालयमा टिकाई राख्ने उद्देश्यले संघीय सरकारबाट स्थानीय तहमार्फत विद्यालयमा सञ्चालित दिवा खाजाको रकम शैक्षिक सत्र समाप्त हुन लाग्दा पनि बाड्न सकिएको छैन ।

 

बालबालिकाले बीचमै विद्यालय छाड्ने समस्या रोक्न र सामुदायिक विद्यालयको गुणस्तर उकास्न सरकारले प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजामा प्रत्येक दिन १५ रुपैयाँ दिन रकम विनियोजन गरेको थियो। यो कार्यक्रम फाटफुट विद्यालयबाहेक प्रदेशका जिल्लाहरूमा सञ्चालन हुन सकेको छैन ।

 

धनुषामा मात्रै प्रावि र बालविकासमा अध्यनरत करिब ७५ हजार बालबालिकाका लागि दिवा खाजा शिर्षकमा २० करोड रुपैयाँ बजेट निकासा भएको छ । तर, शैक्षिक सत्र बित्न एक महिना मात्र बाँकी हुँदा जनकपुर उपमहानगरपालिका बाहेक जिल्लाका १७ वटै स्थानीय तहले अहिलेसम्म विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् ।

 

प्रदेश २ का ८ वटा जिल्लामा करीब ५ लाख ६६ हजार बालबालिका कक्षा १ देखि ५ सम्म अध्यनरत छन् ।