२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

अवैद्य सुनचाँदीसहित भारतीय नागरिक पक्राउ

२५ किलो चाँदी र सय ग्राम सुनसहित २ भारतीय पक्राउ
image

जनकपुरधाम  :  अवैद्य सुनचाँदीसहित धनुषामा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालबाट भारत तर्फ सुनचाँदी मोटरसाइकलमा लुकाई लगिरहेको सूचनाका आधारमा प्रहरीले आइतबार बेलुका जनकपुर उपमहानगरपालिका–१५ कुवा गाउँबाट दुईजनालाई पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेहरुमा भारतको विहार राज्य मधुवनी बासोपट्टी–४ का कृष्ण कुमार महतो सुडी र रुपेश महतो रहेका छन् । 

 

नेपाल हुँदै भारत तर्फ जान लागेको बीआर ३२एस४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्यांकीमुनिबाट प्वाल बनाई ढोका जस्तो नट कसेर सुनचाँदी लुकाएको अवस्थामा प्रहरीले फेला पारेको छ । 

 

सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरेर पक्राउ परेका अभियुुक्त र सामान सार्वजनिक गरिएको हो । 

 

मोटरसाइकल भित्र सेतो रंगको प्लास्टिकमा बेरेको सुनको बाला २ थान र गोलो टुक्रा २ थान गरी सय ग्राम सुन र चाँदीको दाना ९ प्याकेटमा २५ किलो चाँदी बरामद गरिएको प्रहरी उपरीक्षक शेखर खनालले बताए । 

 

पक्राउ परेकाहरुले चोरी पैठारी गरि सुनचाँदी भारत लगिरहेको अवस्थामा भेटिएकाले त्यही अनुसार कारबाही अघि बढाइएको उपरीक्षक खनालले बताए ।