२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

सबैला नगरपालिकामा पहिलो पटक उत्कृष्ट कम्प्युटर सेन्टरको स्थापना

आगामी दिनमा नेपालका अन्य ठाउँ र सहरहरुमा पनि psp कम्प्युटर सेन्टर स्थापना गर्ने जनाएको छ
image

अयुब हुसेन जनकपुरधाम। psp कम्प्युटरले धनुषाको सबैला नगरपालिकाको दिहवार मन्दिर स्थित psp कम्प्युटर सेन्टरको स्थापना गरेको छ । 

 

 

सेन्टरको उद्घाटन psp कम्पनीका प्रमुख उदयचन्द्र यादवले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गरिने बताए। सेन्टरबाट सवैला तथा आसपासका विद्यार्थीहरुका जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट सिखाउने गरिने psp कम्प्युटर सेन्टरले जनाएको छ । 

 

 

psp कम्प्युटरले यस अघि जनकपुरधाम कदम चौक, तथा मिर्चैयामा पनि आफ्नो सेन्टरको स्थापना गरि सकेको छ भने आगामी दिनमा नेपालका अन्य ठाउँ र सहरहरुमा पनि psp कम्प्युटर सेन्टर स्थापना गर्ने जनाएको छ ।