२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

कृषिमन्त्री साहद्धारा शीतभण्डारको शिलान्यास

लगभग १७–१८ करोडको लागतमा बन्न लागेको उक्त शितभण्डारको एक समारोहको बीच आज मन्त्री साहले शिलान्यास गरेका हुन ।
image

दुधमती खबर जनकपुरधाम । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमवार धनुषाको लक्ष्मिनिया गाउँ पालिकामा शीत भण्डार ( कोल्डस्टोर ) को शिलान्यास गरेका छन् । 

लगभग १७–१८ करोडको लागतमा बन्न लागेको उक्त शितभण्डारको एक समारोहको बीच आज मन्त्री साहले शिलान्यास गरेका हुन । उक्त अवसरमा बोल्दै मन्त्री साहले हाम्रो देश कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताउनु भयो ।

 

 

उनले भने आज पनि तराई–मधेशका जनताको मुल पेशा खेती–गृहस्थी नै भएकोले कृषिलाई आधुनिकिकरण गर्दै प्राविधिक कृषि विकासको लागि प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेका छन् । अगामी वर्षमा प्रदेशको हरेक पालिकामा कृषि औजारको व्यवस्थापन गर्न लागेको जानकारी दिदै मन्त्री साहले किसानले अब नगदेवाली तर्फ बढी ध्यान केन्द्रित गर्नु पर्ने बताए । 

 

 

कृषिको लागि आवश्यक पर्ने पानी, विजुली, मलखाध, उन्नत विउ, कृषि सडक, कृषि औजार लगायतका सम्पूर्ण सामग्री सरकारले उपलब्ध गराउने तयारीमा रहेको भन्दै कृषि मन्त्री साहले कृषकलाई खेती गर्न केहि रकम पनि उपलब्ध गराउन लागेको जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष विन्देश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा ससफोरम नेपालका केन्द्रिय सदस्यद्धय महाजन यादव, रामगोबिन्द यादव, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्य उर्मिला साह, प्रदेश सचिव शेषनारायण यादव, जिल्ला अध्यक्ष चन्देश्वर महत्तो, हरिनारायण यादव, शत्रुधन यादव लगायतका वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए । अधिकांश वक्ताहरुले प्रदेश सचिव शेषनारायण यादवको अथक प्रयासले शितभण्डार स्थापना हुन लागेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

 

जिल्ला सदस्य घनश्याम यादवद्धारा उद्घोषित उक्त कार्यक्रममा स्थानीय महिला–पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो ।