२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

चिकित्सकको लापरबाहीले विरामीको मृत्यु, चिकित्सकबाटै कुटिए मृतकका दुई छोरा

तर इमरजेन्सी कक्षमा ड्यूटीमा खटेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्र उपचार सुरु गर्ने भन्यो । मण्डलका छोरा टिकट काट्न जाँदा ढिलो भएकाले समयमै उपचार नहुँदा मण्डलको मृत्यु भएको आफ्न्तले जानकारी दिए ।
image

अयुब हुसेन जनकपुरधाम। जनकपुर अंचल अस्पतालमा आज एक विरामीको चिकित्सकको लापरबाहीले मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका ६ का अन्दाजी ५० वर्षिय रामनारयण मण्डल छन् ।

 

हर्ट अट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्यायो । तर इमरजेन्सी कक्षमा ड्यूटीमा खटेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्र उपचार सुरु गर्ने भन्यो । मण्डलका छोरा टिकट काट्न जाँदा ढिलो भएकाले समयमै उपचार नहुँदा मण्डलको मृत्यु भएको आफ्न्तले जानकारी दिए ।

 

 

 

मृत्यू भएपछि मण्डलका छोराले चिकित्सकमाथि आरोप लगाएका छन् । सो क्रममा चिकित्सकहरुले मण्डलका दुई छोरा रमेश मण्डल र राजाराम मण्डललाई कुटपिट गरेका हुन् । छोराद्धयको कपडा समेत चिकित्सकहरुले च्यातिदिएका छन् ।

 

अहिले अस्पतालमा अवस्था तनावग्रस्त बनेको छ । भिड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । अस्पतालमा तनाव भएपछि उपचार सेवा प्रभावित बनेको छ । अस्पतालमा चिकित्सकको लापरबाहीले यसअघि पनि पटक पटक विरामीको मृत्यु भइसकेको छ ।