२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

महेन्द्रनगर स्थित चोरको विगविगी एकै रातमा ३ घरमा चोरी

नगद करिब १३ लाख बरावरको चोरी
image


महेन्द्रनगर,
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एकै रात ३ घरमा नगद करिब १३ लाख बरावरको चोरी भएको छ ।

 

महेन्द्रनगर विच बजारमा रहेको राकेश इन्टरप्राईजेजमा राती करिब ३ बजे घरको साइडमा रहेको पर्खालबाट हामफाली भित्र दोकानमा प्रवेश गरि गल्लाबाट करिब १० लाख नगद, एक लाइपटोप चोरी गरेको संचालक संजय झाले जनकारि दिएका छन ।

 

पसलमा लागेको सिसि क्यामराको फोटेजमा देखिएको व्यक्ति पहिचान भईसकेको र छानविन पछि छिटै पक्राउ गरिने इलाका प्रहरी कर्यालय महेन्द्रनगरका प्रनि अमिर कुमार दहालले जनकारी दिएका छन । 

 

त्यस्तै त्यही पसलको पछाडी भरखर घरबासको लागी त्यारी गर्दै गरेको घरमा कोहि नभएको मौका छोपी सागर कुमार साहको घरबाट पनि नगद ३ लाख र सरसमान चोरी गरिएको पिडित साहले जनकारी दिएका छन ।

 

त्यस्तै मंगलबार विहान सारहे ११ बजे घर अगाडी आंगनमा राखेको ज १२ प १३०४ नम्बरको पल्सर मोटरसाइकल चारी भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ४ को वडा कर्यालय रहेको घरको साइडमा लगातार सेवाग्राही ओहर दोहर गर्ने ठाउँबाट मोटरसाइकल चोरी हुनु र एक रातमा ३ ओटा घरमा चोरी हुनु स्थानिय प्रशासनलाई नै चुनौती दिएको स्थानियहरु ब्ताउछन ।