२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

जनकपुरको रामपुरमा आगलागी,एक जनाको ज्यान गयो

image

अयुब हुसेन जनकपुरधाम। जनकपुर उपमहानगरपालिका रामपुरमा आगलागीमा परेर १ जनाको ज्यान गएको छ । 

 

 

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १५ रामपुर बस्ने ७० वर्षकि बिन्दादेवी पञ्जियारको आगलागीमा परी मृत्यु भएको छ ।

 

आफ्नै घरको कोठाभित्र लामखुट्टे धपाउने धुप बाल्ने क्रममा आगो सल्कन जाँदा शरिरको बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको जनकपुर अञ्चल अस्पताल उपचार पश्चात थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।