२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

होरी महोत्सव धुमधामसंग सबैलामा मनायो, आज महामुर्ख सम्मेलन हुदै

image

जनकपुरधाम। होरी ( होली ) महोत्सव २०७५ धुमधामसंग सबैलामा मनायो र आज महामुर्ख सम्मेलन हुँदै छ । मिथिला नाटयकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउदै आएको छ। होली पर्वलाई मैथिली भाषमा होरी पनि भनिने गरिन्छ ।

 

होलीको जोगीरा, भिडन्त र महामुर्ख सम्मेलन गरि दुई दिन सम्म मनाइने होरी महोत्सवका पहिलो दिन आज बुधबार सात समुुहको होरैयाबीच प्रतिस्पर्धा भएका छन् । मिथिलामा वसन्त पंचमीको आगमनसंगै होली गित गाउन शुरु गरिन्छ । तर, पछिल्लो केही समय यता ग्रामीण भेगमा फागु गित लोप हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाटयकला परिषदले विगत २५ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

 

महोत्सवमा फागु गीत प्रतियोगितामा धनुषाको सबैला, ठिल्ला, रघुनाथपुर, अन्य गरी ग्रामीण भेगका समुहका होरैयाबीच प्रतिस्पर्धा भएको हो ।