२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

प्रहरीकै भ्यानले होली मनाइहेका यूवकको ठक्कर

उनको उपचार जनकपुरमा हुन नसक्दा धरान रेफर गरिएको बुझिएको छ ।
image

धनुषाधाम। जनकपुर उपमहानगरपालिका-४ राम चोकमा प्रहरीकै भ्यानले होली मनाइहेका एक यूवकलाइ ठक्कर दिएको छ ।

 

ठक्करबाट स्थानीय २० बर्षिय संदिप यादव घाईते भएका हुन् । संदिपको अवस्था गम्भिर छ। उनको उपचार जनकपुरमा हुन नसक्दा धरान रेफर गरिएको बुझिएको छ ।

 

प्रहरीको भ्यानले संदिपलाई कुल्चिएको भन्दै स्थानीय आक्रोसित बनेका थिए । केहिबेर त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । यूवाहरुले नम्बर नखुलेको ति प्रहरीको भ्यानमा तोडफोड समेत गरेका छन् ।