२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

विङ्गरले मोटरसाइकलमा ठक्कर, दुई जनाको ज्यान गयो

सिरहाको लहान नगरपालिका घर भएका अन्दाजी ३५ वर्षीय श्याम चौधरी र उनका ११ बर्षीय छोरा अमन चौधरीको मृत्यू भएको हो ।
image

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा विङ्गरले मोटरसाइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा बाबु–छोरा छन् ।

 

सिरहाको लहान नगरपालिका घर भएका अन्दाजी ३५ वर्षीय श्याम चौधरी र उनका ११ बर्षीय छोरा अमन चौधरीको मृत्यू भएको हो । ना १ ख ८४३२ नम्बरको विङगरले बा. ७१ प. १९६३ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

विङगर चालक फरार भएको बुझिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीको भनाई छ ।