२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

मधेसमा आज जुडशितल पर्व मनाईंदैछ

जुडशितलको अवसरमा प्रदेश २ सरकारले आजपनि सार्वजनिक विदा दिएको छ ।
image

जनकपुुुरधाम। मधेसमा आज जुडशितल पर्व मनाईंदैछ ।नयाँ वर्षको भोलिपल्ट अर्थात् आज बिहानै बाबुआमा, गुरु, मान्यजन एवं जेष्ठ नागरिकले आफूभन्दा सानालाई टाउकोमा पानी छर्केर आशिर्वाद दिएर जुडशितल पर्व मनाइदैछ ।

 

यस्तै आजका दिन खेतबारीमा मलजल दिने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । आजका दिन हिलोपानी पनि खेल्ने प्रचलन छ । हिलोपानी खेल्ने परम्परा लोप हुँदै गएको छ ।

 

पर्वमा एक दिन अघि पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । आज घर घरमा मिष्ठान परिकार बनाएर खाने परम्परा रहि आएको छ ।

 

जुडशितलको अवसरमा प्रदेश २ सरकारले आजपनि सार्वजनिक विदा दिएको छ ।