२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

तेली कल्यान समाज आफनो कुलपुजाको लागी महेन्द्रनगर स्थित कलश यात्रा

नयाँ नगर कार्यसमिति गठन
image

महेन्द्रनगर, अनिल कुशवाहा
तेली कल्यान समाज आफनो कुलपुजाको लागी महेन्द्रनगर स्थित कलश यात्रा निकालदै नयाँ नगर कार्यसमिति गठन गरेका छन ।

 

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित क्षेत्रिय कुलपुजा समिति द्धारा निकालिएको कलश यात्रा जलादधारमा जलभरी पुन्ह पुजा स्थलमा राखि पुजापाठ गरेका छन ।

 

तेली कल्यान समाज नेपाल क्षेत्रीय पुजा कार्यसमिति तथा क्षिरेश्वरनाथ नगरकार्य समितिको तर्फबाट विन्देश्वर साहको अध्यक्षता र प्रमुख अतिथी पुर्व मन्त्री अरविन्द साहको उपस्थितीमा क्षिरेश्वरनाथ नगरपालिकाको लागी सर्वसमतिमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

 

नव गठित नगरकार्यसमितिको अध्यक्षमा उमाशंकर साह, उपाध्यक्ष कामेश्वर साह, सचिव अशोक कुमार साह, स–सचिव दुखनी देवी साह, कोषाअध्यक्ष सुरेन्द्र साह, सदस्यहरु विनोद साह, राम विर साह, दिपेन्द्र साह, झपसी साह, रामपृत गुप्ता, रामबाबु साह, निरज साह, महिला सदस्यहरुमा मिनादेवी साह, गोदावरी देवी साह, विमला देवी साह चयन हुनुभएको छ ।

 

कार्यक्रममा समाजका केन्द्रीय सदस्य विनय साह, श्याम प्रसाद साह, राम किसोर साह, प्रमोद साह त्यस्तै धनुषा जिल्ला सदस्य लक्ष्मी प्रसाद साह, श्याम प्रसाद साह, जिल्ला सचिव तथा पुजा समितीका सचिव राजेन्द्र प्रसाद साह, सहसचिव पवन देवी, कोषाध्यक्ष विनोद साह, पेट्रोल ढुवानी एसुसेनका केन्द्रीय सदस्य ललित साह लगायतका अतिथीहरु उपस्थिती रहेका थिए ।

 


साथै नववर्ष २०७६ सालको एक आपसमा शुभकामना अदानपर्दान गर्दै विगत सालको एस इ.इ. परिक्षामा सबैभन्दा उतकृष्ट अंक ल्याउने तेली समाजका छात्र र छात्रालाई नगद सहित सम्मान गरिएको थियो । साथै यी समाजको लागी राम्रो काम गरेका अतिथीहरुलाई सम्मान गरिएको थियो ।