२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

प्रदेश २ सरकारले लोक सेवालाई भन्यो–‘कर्मचारी भर्ना नगर्नु, हामी आफै गर्छौ’

नेपालको संंविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुने उल्लेखित छ।
image

जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशस्तर र १३६ स्थानीय तहका लागि कर्मचारी भर्ना नगर्न लोकसेवा आयोगलाई पत्र पठाएका छन्।

निजी सचिवालयमार्फत् मुख्यमन्त्री राउतले मंगलबार आयोगलाई पठाएको पत्र पठाएका हुन्। प्रदेश निजामती सेवा ऐन विधेयक प्रदेशसभामा पेश भएर अन्तिम चरणमा पुगेका बेला मुख्यमन्त्रीले यस्तो आग्रह गरेका हुन्।

संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी प्रदेशसभामा पेश भएको हो।  मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा सरकार रहेको पत्रमा प्रष्ट पारेका छन्।

पछिल्ला दिनमा सञ्चारमाध्ययममा लोकसेवा आयोगले प्रदेश र स्थानीय तह समेतका लागि कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउन लागेको जानकारी प्राप्त भएको भन्दै मुख्यमन्त्रीको सचिवालयले कर्मचारीका लागि विज्ञापन नगर्न आयोगलाई आग्रह गरेको हो।

नेपालको संंविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुने उल्लेखित छ।

त्यसैगरी  धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन संचालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाको गठन र संचालन गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था बमोमिज प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्न लागेको हो।