२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

एकै राती ३ घरमा चोरी गर्ने चोर जेल चलान

चोरलाई पुर्वपक्षको लागी जेल चलान
image

धनुषा, महेन्द्रनगर
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एकै रात ३ घरमा चोरी गर्ने चोरलाई पुर्वपक्षको लागी जेल चलान गरेका छन ।

 

महेन्द्रनगर विच बजारमा रहेको राकेश इन्टरप्राईजेजमा २०७५ फाल्गुन २७ गते राती करिब ३ बजे घरको साइडमा रहेको पर्खालबाट हामफाली भित्र दोकानमा प्रवेश गरि गल्लाबाट करिब १० लाख नगद, एक लाइपटोप र त्यसै पसलको पछाडी भरखर घरबासको लागी त्यारी गर्दै गरेको घरमा कोहि नभएको मौका छोपी सागर कुमार साहको घरबाट पनि नगद सहित सरसमान चोरी भएको पिडितहरुले जनकारी दिएका थिए ।

 

पसलमा लागेको सिसि क्यामराको फोटेजमा देखिएको व्यक्ति पहिचान सहित अनुसन्धान थालेका इलाका प्रहरी कर्यालय महेन्द्रनगरले अनुसन्धान गर्दै जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ४ सुगा भई हाल जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ कुचाईटोलमा डेरा गरी बस्ने जोगिन्द्र तिवारीको छोरा वर्ष १९ को अनिकेत भन्ने अंकित तिवारीलाई पक्राउ गर्दै अनुसन्धान पश्चात धनुषा जिल्ला अदालतको आदेशले पक्राउ परेका तिवारीलाई पुर्वपक्षको लागी सिन्धुली कारागार चलान गरिएको छ भने चोरी गरेको ल्यापटप खरिद गर्ने जनकपुर उपमहानगरपालिका वडा नं. ९ साकेत नगर स्थित प्रेम मोबाईल सेन्टरका संचालक प्रेम कुमार साह रु.३० हजार धरौटी राखी तारिखमा छुटेको छ ।