२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

हिंसा प्रभावित महिलाहरुको सरोकारवालासंगको अन्तरक्रिया सम्पन्न

गाउँ र टोल टोलमा जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने
image

दुधमती खबर जनकपुुरधाम, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना माथेमाले हिंसा प्रभावित महिलाहरुको पुर्नस्थापना तथा सामाजिक न्याय र अधिकार सुनिश्चितताको लागि वाडा वाडामा बजेट विनियोजन गरिने बताएका छन ।

 

अहिले समाजमा महिला हिंसा निकैे बढी रहेको वेलामा क्षिरेश्वरनाथ नगरपालिकाको न्यायिक समितिमा खासै मुददा आउने गरेको छैन । अहिले पनि सर्वसाधारण जनताहरुमा जनचेतनाको कमी रहेको बताउँदै उनले यसको लागि गाउाँ गाउँ र टोल टोलमा जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताएकी छिन । उनले भने आफु नगरको न्यायिक समितिको संयोजक समेत रहेकाले गर्दा महिला ंिहंसाका कस्तो प्रकृतिको घटना आफुले हेर्न वा प्रहरी प्रशाासनमार्फत अदालतमा पठाउने बारे अझै अनभिज्ञ रहेकाले आफु कहाँ आउने गरेको घटना प्रहरी प्रशासनमा पठाउने गरेको र प्रहरीमार्फत पुनः आफुहरुले हेर्ने खालको मुददा भएको खण्डमा फर्किएर नगरकै न्यायिक समितीमा आउने गरेको बताएकी छिन ।

 

ओरेक नेपालले आयोजना गरेको हिंसा प्रभावित महिलाहरुको पुर्नस्थापना तथा सामाजिक न्याय र अधिकार सुनिश्चितताको लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी लैङ्गिक हिंसा नियन्त्रण जिल्ला कोषाध्यक्ष सुभद्रा आले मगरले धनुषामा महिला हिंसाका घटना न्युनिकरणको लागि आफुहरु दिनरात अग्रसर रहेकाले गाउँघरमा हुने गरेको घटनाहरु अझै प्रहरी प्रशासन र सम्बन्धित निकायमा आउन नसकेको बताएकी छिन । उनले भनिन् अहिले घरपरिवार, छरछिमेक र नातागोताबाट समेत महिला हिंसा हुने गरेकाले गर्दा महिलाहरु सर्तक हुन जरुरी रहेको र आफुमाथि घटना भएको महसुस भएको खण्डमा प्रहरी प्रशासनको सहयोग लिन सुझाव दिएका थिए ।

 

कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमिर कुमार दाहाल, वाडा कार्यालयका वाडा अध्यक्षहरु, जननिर्वाचित प्रतिनिधी, कार्यपालिका सदस्य, महिलाअधिकारकर्मीलगायतको व्यक्तिहरुको सहभागिता रहेको ओरेक नेपालका जिल्ला अधिकृत विना सिंहले जानकारी दिएकी छिन