२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

जनकपुरमा भीषण आगलागी ९ ग्याँस सिलिण्डर विस्फोट

दुई होटल जलेर पूर्णरुपमा नष्ट
image

आयुब हुसेन/जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिका वडा नंं २ कदमचोक स्थित रहेको गोविन्द मिष्ठान भण्डार (बाबाजीको होटल) र छेउमै रहेको अर्को दुई होटल समेत गरी ३ होटल (भोजनलाय) जलेर पूर्णरुपमा नष्ट भएको छ ।

 

होटलको भान्सामा राखिएको ग्याँस सिलिण्डर विस्फोट भएर आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विहिबार विहान करिब ३ः०० बजेतिर होटलमा भीषण ग्याँस आगलागी सिलिण्डर विस्फोट हुँदा

 

यस घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता जनाएका छन् । प्रत्यदर्शीहरुका अनुसार कदमचोकको निलम सिनेमा हल अगाडी रहेको गोविन्द मिष्ठान भण्डार र छेउमै रहेको बाँकी दुई होटल जलेर पूर्णरुपमा नष्ट भएको छ । होटलको आगलगीबाट लाखौंको क्षति भएको बताइएपनि यकिन भने गर्न सकिएको छैनन् ।

 

पहिले एक सिलिण्डर विस्फोट भएपछि आगो लागेको तथा त्यसपछि निरन्तर रुपमा केही मिनेटको अन्तरालमा गरी जम्मा ९ वटा सिलिण्डर विस्फोट भएको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुका अनुसार श्रृंखलावद्ध रुपमा करिब ५ मिनेटको अन्तरालमा ९ पटक ठुलो आवाज आएको छ । हालाकी ९ वटै सिलिण्डर विस्फोट भएको भनेर प्रशासनले पुष्टि गर्न सकेको छैनन् ।

 

घटना भएलगत्तै केही बेरमा जनकपुरधाम उपमहानगरपालिकाको बारुणयन्त्र आएपछि रित्तै आएपछि आगो झन बढेको थियो । दमकलमा पानी नै नलिएर आएपछि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैनन् । दमकल आएपनि पुनः पानी भर्नको लागि गएपछि आगो बढदै गएको र छेउछाउमा झन बढदै गएको प्रत्यदर्शीहरुले बताएका छन् ।

 

प्राथमिक जानकारी अनुसार विद्युत सर्ट सर्किट भएर आगो लागेको बताइएपनि यसको अधिकारीक पुष्टि भने हुन सकेको छैनन् । । घटनास्थलमा प्रहरीको टोली पनि पुगिसकेको जनाइएको छ । होटलमा होटलका कामदारहरु पनि बस्दै आएका थिए भने यस घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।