२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

जलाउँदै गरेको अवस्थामा प्रहरीले चिताबाट शव निकाले: ४ जना पक्राउ

सबैला गाउँ भन्दा करिब ३ कि:मि उत्तरतर्फ जलाईरहेको अवस्थामा सबैला प्रहरीको पेट्रोलिङ्ग टोलिले देखेपछि
image

आयुब हुसेन,सबैला। धनुषाको सवैला नगरपालिका वडा नं. १(मुसहरी टोल) मा गतराती एक १४ बर्षिय बालिकाले आफ्नै घरमा झुन्डिएर मृत्यू भएको छ।बालिकालाई जलाउँदै गरेको अवस्थामा प्रहरीले चिताबाट शव निकालेका छन् ।

 

बालिकालाई जलाउनको लागि उनका घरपरिवार सहित छिमेकीहरु लगेका थिए ।जलाउँदै गरेको बालिकाको अवस्थामै ईलाका प्रहरी कार्यालय सबैलाबाट खटि गएको प्रहरी टोलीले शव सहित ४ जनालाई पक्राउ गरेका छन।

 

उक्त टोलीले बालिकाको शव आधि जलिसकेको अवस्थामा चित्ताबाट निभाएर निकालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आधी जलेको शवलाई लिएर प्रहरीले पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाइएको छ ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार, गएराती नै झुण्डिएको बालिकाको घटना भएपछि घटनालाई दबाउन मृतक बालिकाकी बुवा सहित अन्य छिमेकीहरुले प्रहरीलाई खबर नै नगरी सबैला गाउँ भन्दा करिब ३ कि:मि उत्तरतर्फ जलाईरहेको अवस्थामा सबैला प्रहरीको पेट्रोलिङ्ग टोलिले देखेपछि मलामीहरुमा भागमभाग भएको थियो ।

 

बालिका किन झुण्डिएको, झुण्डिएको वा झुण्डयाइएको ? हत्या वा आत्महत्या के हो भन्ने बारे प्रहरीले अनुसन्धान थालेको र पोष्टमार्टमको रिपोर्टपछि थप तथ्यहरु आउने जानकारी दिए ।