२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

धनुषामा करेन्ट लागेर बुवा छोराको मृत्यु: आमा गम्भीर घाइते

image

आयुब हुसेन/जनकपुर धाम, धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बुवा र छोरा रहेको बताइएको छ भने आमा गम्भीर घाइते भएको हो।

 

जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार कमला नगरपालिका–१ मोगराहा बस्ने बुवा योगेन्द्र मण्डल ४५ वर्षीय र छोरा २० वर्षीय धर्बेन्द्र मण्डलको करेन्ट लागेर मृत्यु भएको छ भने धर्बेन्द्रको आमा सोमानी देवी मण्डल गम्भीर घाइते भएको छ।

 

शुक्रबार साँझ करिब ४ बजे आफ्नै खेत बाट घर आउने क्रममा बाटोमा बिजुलीका ४४० भोल्टका तार खसेकोमा करेन्ट लागेको छ । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

 

मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।