विंगर र टेम्पो एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यू: २ जना घाईते
जकपुरधाम।जनकपुर ढल्केवर सडकखण्डमा विंगर र टेम्पो एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यू भएका छन। भने २ जना घाईते भएका छन् ।
आईतबार साझ करिब ५ः३० बजे महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको विँगर र जनकपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैया नजिक एक आसपमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुवै तर्फबाट सवारी तीव्र गतिमा रहेको कारण दुर्घटना हुँदा टेम्पो क्षतविक्षत भएको जनाईएको छ ।
मृतक दुई जनामा एक महिला र एक पुरुष रहेका छन् । धनुषाको रमेशपुर बस्ने अन्दाजी बर्ष ७२ का रामदेव साहको घटनास्थलमै मृत्यू भएको छ भने मृतक महिलाको नाम ठेगाना भने खुल्न सकेको छैन । मृतक महिला भने अन्दाजी बर्ष ५० की देखिएकी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त दुर्घटनामा घाईते हुनेमा टेम्पो चालक र अन्य एक जना यात्रु रहेको छ ।
उनीहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको छ उनीहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ । । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।