२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

नेपाली मुस्लिम हरूको लागी हज सम्बंधमा सूचना: नेपलीज मुस्लिम सोसाइटी, युएई

image

श्रीमान अध्यक्ष ज्यु  नेपाल हज समिति काठमाडौँ, नेपाल।

 

 

 

विषय : प्रवासी नेपाली मुस्लिम हरूको लागी हज समयाधिकटौती सम्बंधमा ।

 

 

 

सर्वप्रथम हाम्रो संस्थाको परिचय गराउन चाहन्छौ। नेपाली मुस्लिम सोसाइटी, युएई मा अवस्थित युएईवासी नेपालीहरूको साझा संस्था हो। यसको स्थापना सन् २००६ मा भएको थियो। यो संस्था प्रवास र नेपालमा नेपाली हरुको विभिन्न सामाजिक समस्याहरु प्रती लामो समय देखी सक्रिय रुपमा कार्य गर्दै आएकोछ।

 

 

 

वर्तमान हज कमिटीले अत्यंत व्यवस्थित ढंगले हजको व्यवस्था सम्पन्न गरेको र थप ३०० हाजीको कोटा बढाउन् सफल हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छौ।

 

 

 

तपाईहरूले गर्नूभएको उच्च कोटिको व्यवस्था, पारदर्शिता र दुरदर्शीताले अझै हज संग सम्बन्धित अन्य समस्या हरूको समाधान हुने आशा हामी प्रवासी नेपाली मुस्लिमहरू माझ जगाएको छ।

 

 

 

मुस्लिम धर्मावलम्बिहरुको ५ अनिवार्य (फर्ज इबादात) मध्ये एक महत्वपूर्ण इबादत "हज" हो। इस्लामिक धर्म अनुसार आर्थिक रुपले सक्षम (साहेब- ए - ईसतितात) व्यक्तिले साउदी अरब को मक्का पुगेर आफ्नो जीवनमा कम्तीमा एक चोटि हज गर्ने अनिवार्यता छ। आर्थिक सक्षमता हुंदा अविलम्ब हज गर्ने आज्ञा हाम्रो धार्मिक मान्यता अनुसार रहेको छ किनकी आर्थिक हैसियत कालान्तरमा बिग्रेको खंडमा र पछि हज गर्न नसकेमा पापको भागिदार हुनेछ।

 

 

 

देशको वर्तमान परिस्थितिमा विविध सिलसिलामा, रोजगारी, अध्यान, ब्यवसाय आदि का निम्ती उल्लेखनीय संख्यामा युवा नेपाली मुस्लिमहरू विश्वका विभिन्न मुलुकमा प्रवासिएका छन्।

 

 

 

आर्थिक रुपले सक्षम प्रवासी नेपाली मुस्लिमहरु आफ्नो अनिवार्य इबादत "हज" गर्न चाहन्छन् तर निम्नलिखित बुंदागत समस्याहरूले गर्दा प्रवासि नेपाली मुस्लिमहरु हज यात्रामा जान बाट बन्चित भएको कुरा यहांलाइ अबगत गराउदै यस समस्याको समाधान गर्न/गराउन अनुरोध गर्दछौं।

 

 

 

१) वर्तमान हज कमिटी को प्रक्रिया अनुसार अत्यन्तै लामो समय (३-४ महिना) सम्म राहदानी हज कमिटी लाई हस्तांतरण गर्नुपर्ने प्रावधान रहेको छ। प्रवासी नेपाली हरूको लागी यती लामो समय सम्म विभिन्न कारणवश राहदानी दिन नमिल्ने भएको कारणले विशेषत प्रवासी हरूको लागी हजको कागजी प्रक्रीया राहदानीको प्रतिलिपिले गर्ने व्यवस्था होस्।

 

 

 

 

 

२) वर्तमान व्यवस्था अनुसार हाजीहरूको साउदी अरबको बसाई ४० दिन सम्मको हुने गरेको छ। हजको अर्कान पुरा गर्न ५-६ दिन को समय पर्याप्त भएकोले र प्रवासीहरूलको लागी ४० दिनको समय मिलाउन अत्यंत चुनौतीपूर्ण रहेको हुनाले छोटो समयमा (ढिलो गएर छिटो आउने) हज गर्ने सामानांतर प्रावधान होस्।

 

 

 

प्रवासी नेपाली मुस्लिमहरू पनी सहज र सरल तरिका बाट हज यात्रामा जान पाउने र हज जस्तो पबित्र तिर्थ मा सरिक हुने वातावरणको सृजना गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ।

 

 

 

तपाईकै कार्यकालमा यस समस्याको निवारण हुन सके यो हज कमिटीले ईतीहास रचने र सम्पूर्ण नेपाली मुस्लिम समुदाय कृतज्ञ हुनेछन्।

 

 

 

उक्त कार्यको लागि नेपलीज मुस्लिम सोसाइटी, युएई यहां हरुसंग सधै सहकार्य गर्न तयार रहेको कुरा यसै पत्र मार्फत जानाकारी गराउदछौं।

 

 

 

आशा छ नेपाल हज समितिले यस सन्दर्भमा हामी प्रवासी नेपाली मुस्लिम का लागि आवश्यक कदम चालने छ र यस गम्भीर समस्याको समाधान हुनेछ ।

 

 

 

 

 

सधन्यवाद,

 

शाहनवाज़ अख्तर

अध्यक्ष

 

नेपलीज मुस्लिम सोसाइटी, युएई

 

e-mail : nepalesemuslim@gmail.com