२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

म जनताको सेवक हुँ : क्षीनपा मेयर पजियार

image

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगरका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।


क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले नगरपालिकाका सबै वडाका जेष्ठ नागरीकहरुलाई वडा मै पुगेर सम्मान कार्यक्रम संचालन गरिएको बताउनुभयो ।


सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पजियारले भने, ‘जनप्रतिनिधि विहीन रहेका स्थानीय तहमा करिब २० बर्ष पश्चात नागरिकले आफैले रोजेको जनप्रतिनिधि पाए । ठूलो आशा र भरोसाका साथ अमुल्य मत दिई हामीलाई नेतृत्वमा पुर्याउने जनताको विश्वासलाई म हरहमेशा कायम राख्ने छु ।’


जुनसुकै आस्था वा सिद्धान्तबाट जितेपनि जित पश्चात जनताले लगाईदिएका माला र अविरको मुल्याङकन गर्नै पर्ने हुन्छ । जनतालाई ढाड सेक्ने कर लगाउने, जनताको काम गरिदिए वापत कमिसन लिने र पुर्वाग्राह जस्ता कुकार्य नगरी आफु जनताको सेवक हुँ भन्ने प्रमाणित गरेर देखाउने प्रतिबद्धता मेयर पजियारले व्यक्त गरे ।


८० बर्ष भन्दा बढी अर्थात हाम्रा बुवा, बाजेका उमेरका जेष्ठ नागरिकहरु सम्बन्धित ठाउँमा उपचार गर्न जान नसक्ने अवस्थामा हामी घरदैलोमा सेवा दिरहेको मेयर पजियारले बताए । उनले भने धेरै इच्छा, अकाङक्षा, भरोसा र विश्वास गरी उठ्न बस्न नसक्ने उमेरका नागरिकहरु पनि मतदान स्थलमा पुगी आफ्नो अमुल्य मत दिई हामीलाई नेतृत्व दिनुभयो त्यसकारण आजका दिनमा हामीले उहाँहरुको घरमै पुगी हेरचाह गर्नु हाम्रो दायित्व रहेको बताए ।


निःशल्क स्वास्थ्य शिवरको साथै जेष्ठ नागरिक लाई सम्मानले गर्दा समाजमा उत्प्रेरण, सकारात्मक सन्देश प्रवाह हुने मेयर पजियारले बताए । उनले यस कार्यक्रम मार्फत जेष्ठ नागरिक प्रति गरिने ब्यबहार अन्त्य हुन बताए । छोरा छोरी जन्माएर दुःख भोगेर हुर्काएका छोरा छोरीले नै पछि आमा बुवालाई गर्ने ब्यवहारले गर्दा बृद्धा आमा बुवाहरुले दुःख पाएको हुँदा यस्ता किसिमका जनचेतना मुलक किसिमका कार्यक्रमको सुरुवात गरेको पजियारले बताए । जेष्ठ नागरिकहरुलाइ दोसल्ला ओढाई सम्मान गर्ने गरिएको छ ।


मेयर पजियारको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकमी लगायतका टोलीले नगरका हरेक वडामा पुगी जनताको घरमै निःशुल्क स्वास्थ्य जाँचबाट वडामा कम्तीमा ४० देखि ५० जना जेष्ठ नागरिकहरु लाभाम्वित भएका छन् ।
गत बुधवारदेखि नगरपालिकाका वडा नं.३ बाट सुरु गरिएको कार्यक्रम नगरका १० वटै वडामा संचालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादवले बताए ।


आर्थिक बर्ष २०७५।०७६ नगर सभाबाट स्वीकृत कार्यक्रम मध्येको यो पहिलो कार्यक्रम रहेको छ । यसका साथै यसै महिनादेखि नगरमा जनता सँग सम्बाद भन्ने कार्यक्रम पनि सुरु गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादवले जानकारी दिए । उनले भने नगर प्रमुखको नेतृत्वमा बृहत रुपमा नगरका हरेक वडामा गई जनताका जनगुनासो, वडाका गतिविधि, काम कारवाही र वास्तवमा जनतालाई के चाहिएको हो यस कार्यक्रम मार्फत थप अवगत हुने र अगामी दिनमा सोही अनुसारको योजना नगरले तय गर्ने उदेश्यका साथ संचालन हुने बताए ।