नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । च्यासलमा आयोजिक एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यही असोज ५/८ गते बसेको केन्द्रीय समिति बैठकबाट एमालेले केन्द्रीय सदस्यहरू मनोनीत गरेको थियो । हिजै शपथको कार्यक्रम तय भए पनि नेता घनेन्द्र बस्नेतको निधनका कारण स्थगित गरिएको थियो ।