Saturday, October 03

Latest Update :

डडेल्धुराबाट क्षेत्रीय प्रतिनिधि चुनिए देउवा

image

धनगढी,१६ असोज

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतरको १५औँ महाधिवेशनका लागि सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। वडा सभापति पदम महताका अनुसार देउवाले स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएर उम्मेदवारी मनोनयन गराएका थिए। देउवाका स्वकीय सचिव भानु देउवा पनि सोही वडाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। उनी पनि वारेसनामामार्फत उम्मेदवार बनेका थिए। यसअघिका महाधिवेशनमा पनि देउवा वडाबाटै प्रतिनिधि चयन हुँदै आएका छन्।

Latest Update