Sunday, October 04

Latest Update :

दुर्घटना रोक्न चालक र नागरिक दुवै सचेत हुनुपर्छ : ट्राफिक प्रहरी

image

काठमाडौं ,१७असोज

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना न्यूनीकरणमा सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ ‘सुरक्षित समाज, सुदृढ समाजः डेटामा आधारित सुशासनको अनुभव आदानप्रदान’ शीर्षकमा आयोजित छलफलमा उनले चालकको लापरवाहीले चालक स्वयंका साथै परिवार र अन्य सडक प्रयोगकर्ताको जीवनमा समेत गम्भीर असर पार्ने भएकाले सवारी सञ्चालनमा जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

 

सडक सुरक्षासम्बन्धी भारतका जानकार वेङ्कटेश वालासूत्रपणीयनले चालक सचेत एवं जिम्मेवार र भएमा सडक दुर्घटना घटाउन सकिने बताए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका प्रहरी अधिकृत र सञ्चारकर्मीको सहभागी थिए ।

Latest Update