जापानीज इन्सेफलाइटिस (जेई) को जोखिम बढेपछि कैलालीमा सञ्चालन भइरहेको खोप अभियानअन्तर्गत हालसम्म एक लाख ११ हजार ७९० जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा अहिले जेईविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई लक्षित गरिएको छ।
नेपालमा सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको छ। तीमध्ये १३१ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको परिवार कल्याण महाशाखाले जनाएको छ। देशका ३७ जिल्लाका ९० स्थानीय तहमा जेई सङ्क्रमण पुष्टि भएको छ। परिवार कल्याण महाशाखाका अनुसार अधिकांश सङ्क्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न व्यक्ति रहेका छन्