२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

कञ्चनपुरको दशगजा क्षेत्रमा भारतिय एसएसबिले चलायो गोली

image

 


कञ्चनपुरको माहाकाली नगरपालिका १० को नेपाल भारत सिमा दशगजा क्षेत्रमा बिहिवार साझँ भारतिय सिमा शुरक्षा बल एस एस बिले गोली चलाएको छ । आफ्नै सिमा क्षेत्रमा एस एस बिका जवानले गोली चलाएको प्रहरी श्रोतले जनाएको छ । श्रोतका अनुसार तिनिहरुमा आपसी विवाद भई हभाई फायर गरिएको हो । 
हवाई फायरमा करिब ८÷१० राउन्ड गोलीे चलाइएको जनाइएको छ । गोली चलाउनेलाई भारतिय सिमा सुरक्षा बलका कमान्डरले नियन्त्रणमा लिइ सकेको छ । मदिरा सेवन गरेको अवस्थामा आपसमा विवाद भएर गोली चलाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 
साझँ करिब ७ बजेको समयमा भारतिय सुरक्षाकर्मीले गोली चलाएको जनाइएको हो । त्यस क्षेत्रमा गोली चलेको घटना थाहा पाए लगत्तै सशस्त्र प्रहरी बल वि ओ पी दोधाराचादनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली त्यहा गएर सुरक्षा दिरहेको छ । अचानक एसएसबिले गोली चलाउदा नेपाली नागरिकमा डर छाएको जनाइएको छ ।