२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

भण्डारी हत्या प्रकरण ः  प्रयोगशालाबाट रिर्पोट आउन अझै केहि दिन लाग्ने

image

 रेडियो प्रभु/झलारी,– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नमबर–११ कलुवापुरमा फागुन १४ गते राती भण्डारी परिवारका  श्रीमान श्रीमतीको विभत्स हत्या भयो । भण्डारी दम्पत्तीको पाशविक तवरले हत्या भएको १५ दिन बित्यो तर प्रहरीले अझैपनि हत्याराको किटान गर्न सकेको छैन । परिवारै सखाप पार्नेगरी गरिएको उक्त घटनामा कस्को हात छ भन्ने विषयलाई लिएर अनेकन अड्कलबाजीहरु भए । प्रहरीले अनुसन्धान थालेको पनि आज आज १५ दिन बितिसकेको छ । हालसम्म वास्तविक हत्यारा को थिए, किन हत्या गरिएको थियो भनेर प्रहरीले सार्वजनिक नै गर्न सकेको छैन । फागुन १५ गते राती जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारीको कलुवापुर स्थित आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । पोष्टमार्टम पछि परिवारले शव बुझेर दाहसंस्कार गरेपनि घटनाको रहस्य भने अहिले सम्म प्रहरीले खुलाउन नसकेको हो ।

‘घटना भएको १५ दिन भन्दा बढी बितिसक्यो,’ मृतकका भाइ बिक्रम भण्डारीले भने, ‘मेरा दाजुभाउजूको हत्या कसले ग¥यो, किन ग¥यो भन्ने कुरा बाहिर आउन सकेको छैन् ।  प्रहरीले अनुसन्धान गरिरहेका छौँ, दोषी पत्ता लगाउँछौँ मात्र भन्छ, तर हत्याको रहस्य नखुल्दा झनै पीडा थपिएको छ ।’ पोष्टमार्टम रिपोर्ट अनुसार भण्डारी दम्पतीकोे हत्या नै भएको पुष्टी भईसकेको छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ  । घटना भएलगत्तै ईलाका  प्रहरी कार्यालय झलारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर , प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । टोलीले अहिले प्राविधिक र मानविय रुपमा विभिन्न कोणबाट घटनाकोे अनुसन्धान गरिरहेको छ । एक दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेको छ । डिएसपी रविन्द्र नाथ पौडेल भन्छन, भण्डारी दम्पत्तीको हत्या भएको स्थान नजिकै भेटिएको रगत, कपडा ,मोबाइल, कपाल र एयरफोन परीक्षणको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिए । प्रहरीले अहिले त्यही परीक्षणको रिपोर्ट पर्खिरहेको छ ।

घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक मुकन्द मरासिनीले घटनाको गम्भीरताका साथ अनुसन्धान भईरहेको बताए । उनले भने, ‘पोष्टमार्टम रिर्पोट आईसकेको छ । हामीले पोष्टमार्टम रिर्पोटलाई आधार मानेर मानवीय र प्राविधिक ९टेक्निकल० रुपमा अनुसन्धान गरिरहेका छौँ ।’ उनका अनुसार सीआईबीको टोली र प्रदेश प्रहरीको टोलीसँग समन्वय गरेर अनुसन्धान भईरहेको छ । आमाबुवाको मृत्युपछि जीवितै भेटिएकी सात महिने शिशुको स्वास्थ्य अवस्थामा भने अहिले सुधार भईरहेको छ । शिशुको धनगढी स्थित माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।