२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीको २१ औं साधारणसभा सम्पन्न

image

नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभामा कोषाध्यक्ष दानबहादुर ऐरले आर्थिक वर्ष २०७६/०७७ को कुल १ लाख ५१ हजार २ सय ३९ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले मानवीय संस्थालाई सहयोग गर्ने र नगरको सातौँ नगरसभाबाट ३ लाख रकम समेत विनियोजन गरिएको बताए । रेडक्रसले एउटा सभाहल र कार्यालयको लगि पहल गरिदिन नगरपालिकालाई अनुरोध गरेको छ ।

 

नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापति शेरबहादुर साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रस जिल्ला शाखा उपमन्त्री मधू बोहरा, वडा अध्यक्षहरू लालबहादुर ऐर, जगता राना, रमेशबहादुर ऐर, दिलबहादुर बुढा र रेडक्रस जिल्ला शाखा उपकोषाध्यक्ष ईश्वरी भट्टको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभासद सिद्धराज भट्टले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सचिव लोकराज जोशीले गरेका थिए । वि.सं. २०५६ सालमा स्थापना भएको रेडक्रसमा पुरुष र महिला गरि १ सय ९६ जना आजीवन सदस्य रहेका छन् ।

No description available.