२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

‘वेश्या’ – मार्मिक भिडियो कविता

काठमाण्डौँः कवि नाथन रायन भण्डारीले आफ्नो नयाँ भिडियो कविता वेश्या सार्वजनिक गरेका छन् । Nathan Rayan विभिन्न समाजिक कुरितिहरुविरुद्ध भिडियो कविता निर्माण गर्दै आएका भण्डारीको यसअघि बहिनी पर सरेको दिन भन्ने भिडियो कविता चर्चित भएको थियो ।

जब उनको जन्म भयो ‘बा’ को मुहार हसिलो देखिन्थ्यो,
गाउँको माहोल हलो खेतमा गोरु नाचेको बीहान महसुस हुन्थ्यो ।

सानी नानी स्कुल जाने भएछीन अलि चकचके स्वभावकी थिईन तर उनको मनमा पाप थिएन ।

रहर कस्को हुँदैन
ईच्छा कस्लाई लाग्दैन
सपना कस्ले बुन्दैन होला र ?
तर सानी नानी त्यो गरिबीमा बाचेकी थिईन |

धेरै सुन्दर रात पछि,जिन्दगिले रंगिन सपनाको बाकस भित्र सपना कैद गरेर एक्लो महसुस बनाएपछि ।
समाजमा परिभाषित वेस्या शब्दको जन्म भयो ।

दुर…. शहरमा आफ्ना महत्वकांक्षि सपना सजाएर पसेको ३ बर्ष पछि …. सानी नानी बिरलै हास्न सक्थिन
जब लगाउनलाई कपास
खानलाई दुई छाकको संघर्ष हुन्थ्यो
तब कम्जोर सरिर भित्र आफुलाई हराएको आत्मबोध गर्थिन ।

राती संगै सुत्ने मान्छे दिनमा अन्जान भएपछि
यो ठुलो सहरको भिडमा घरपरिवार विहिन लागेपछि सानी नानी समय सङ संगै हिडदै थिईन ।
तर
संभोगमा अधिकतम माया हुन्छ भन्नेहरूका लागि झुठो अर्थ भएपछि
सानि नानी चोखो माया खोज्दै बरालिन्छिन ।

भोगिएका तिता कथा
चिसिएका नमिठा रात
त्रासपुर्ण डरलाग्दा याद जोडिएपछि
सानी नानि दिनहरुमा पनि टोलाउदै अँध्यारो मान्थिन ।

अनुहारमा देखिने हासो… बनावटी भएपछि
हरेक साझ चुरोटका कस र क्षणिक शारिरिक सम्बन्धको मजा भएपछि
सानी नानी सराबको नसामा मनभित्रका हुटहुटि संगै हरेक साझ हराउथिन ।

मिचिएका मिठा आशा नचाहेका नमिठा नसा र जिन्दगी सित खाएका बाचा स्तब्ध भएछि
सानि नानी छोरी हुनुमापनि असजिलो मान्थिन ।

चरम सुखमा लिप्त मानव सभ्यताको निच खेलौना र किनिएको बस्तु भएपछि
भौतारिदै हावाको बेग सरि सानी नानी सुत्ने ओछ्यान र मान्छे फेर्दै वास खोज्थिन ।

मन कस्को दुख्दै होला र ?
शरीर कस्को थाक्दैन होला र ?
पैसामा देह साट्न कस्लाई रहर हुन्छ होला र ?
तर जब   मन,शरीर र पैसाको मिश्रण बुझ्न सक्ने भएपछि आजभोलि समाजले ब्याख्या गरेको रंडी शब्दले बदनाम भएकिछिन ।

रुखका सुकेका पात सरि आफ्नै घरपरिवारको बोझ भएपछि
अर्ध नग्न शरीर ,निसासिएका सपना र मुल्य १००० को बस्तुगत सिकार भएपछि सानी नानी जिन्दगीको रंङ्गमंचहरुमा जसो तसो लामो सास फेर्छिन ।

हजारौं नेपाली महिला भारतको कोठीमा चरीत्रको खेलमा मुछिएपछि
बाध्यतामा बिबश उराठ जीवन बाच्दै छन
तर अफ्ठ्यारा गन्तब्यहरुको जिन्दगी,भारि बिसाउने चौतारी … सानी नानी फरक देख्छिन ।

बोलीचालीमा बोलिने भाषा नमिलेपछि
मान्छेले मान्छेलाई जस्तै गर्ने ब्यवहार नगरेपछि
परिस्थितिको दास जिन्दगी शरिरको मुल्य पैसामा बेचिएपछि ।कैयन महिला समाजको नजरमा बेश्या कहलिन्छन ।

पुरा भिडियोका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला

https://www.youtube.com/watch?v=9NQNuWqjjzQ&feature=youtu.be&fbclid=IwAR1_jm_kTqWaIZQgAkje0aMm7AiYnjr3mj8QFbG8BLn34FN-IorBpHm8WKY