२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

सिद्धनाथ विद्यालय भवनको शिलान्यास

image

रेडियो प्रभु/झलारी,– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८बेलडाँडीमा रहेको सिद्धनाथ माध्यामिक विद्यालयमा भवनको शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका विच विद्यालयमा तीन कोठे पक्की भवनको शिलान्यास गरिएको हो । विद्यालयका प्रधानाध्यापक गोबिन्द बहादुर ढाँटले विल्ड अन नेपाल र शुक्लाफाँटा नगरपालिकाको आयोजनामा भवन निर्माण हुने बताए । प्रअ ढाँटका अनुसार शुक्लाफाँटा नगरका प्रमुख दिल बहादुर ऐरले भवनको शिलान्यास गर्दै सामुदायिक विद्यालयको विकास गरिने बचन दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिह बोहराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा मेयर दिल बहादुर ऐर थिए । बिशिष्ठ अतिथिमा वडा सदस्य जनकलाल चौधरी विल्ड अन नेपालका सचिव यज्ञराज चौधरी, निर्देशक निर्मला चौधरी बिशिष्ठ अतिथि रहेका थिए । शिक्षक हर्क बहादुर ऐरले संचालन गरेका थिए, भने सहायक प्रअ हिरेन्द्र बहादुर ऐरले संचालन गरेका थिए । प्रअ गोबिन्द ढाँटले विद्यालयमा भवन निर्माणसंगै पठन पाठनमा सहज हुने बताए । वुल्डन नेपालका निर्देशक तर्फ निर्मला चौधरी , शुक्लाफाँटा नगरका प्रमुख दिल बहादुर ऐर र प्रअ गोबिन्द बहादुर ढाँटले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।