२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

कृष्ण बैजनाथ पूर्व विद्यार्थी समाजको समिति गठन 

image

    रेडियो प्रभु/झलारी,– शुक्लाफाँटा नगरपालिका–१० झलारी स्थित कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको पूर्व विद्यार्थी समाज गठन भएको छ । बिहीबार भेलाले कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारीको शैक्षिक उन्नयन लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यका साथ तिलक बहादुर खड्काको अध्यक्षतामा ‘‘पूर्व विद्यार्थी समाज कृष्ण वैजनाथ बहुमुखी क्याम्पस’गठन गरेको हो । नव गठित समितिको पाध्यक्षमा डम्मर भट्ट, सचिव नरेन्द्र भट्ट, सह(सचिव राजेन्द्र प्रसाद जोशी रहेका छन् । यसैगरि कोषाध्यक्ष द्रोपती नाथ, सदस्यहरु पदमराज जोशी, टिकेश्वरी पाण्डेय, रविना बोहरा र गणेश खडायत रहेका छन् । नव गठित समाजले कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारीमा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुलाई सहभागिता गराएर कृष्ण वैजनाथ  बहुमुखी क्याम्पसलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै क्याम्पसको भौतिक विकास तथा विद्यार्थीहरुको शैक्षिक स्तर सुधार गर्न सहयोग गर्नुकासाथै तदर्थ समितिलाई छिट्टै दर्ता गरि सक्रियता अगाडि बढाईने अध्यक्ष खड्काले बताए ।