२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

 बसन्त सामुदायिक बन उपभोक्ता समुहको १३ औं साधारण सभा सम्पन्न

image

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ११ दिपनगरमा रहेको बसन्त सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।

बसन्त सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रन सिंह सुनारको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग प्रर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकास रावल रहनु भएको थियो । कार्यक्रम लाई सम्वोधन गर्दै प्रमुख अतिथि राज्यमन्त्री रावलले सामुदायिक वनले वन संरक्षणको पाटोमा उदाहरणीय र नमुना कार्य गरेको बताउनु भयो ।

नेपालका अन्य प्रदेश भन्दा सुदूरपश्चिम प्रदेशमा वन जंगलको क्षेत्रफल  ठुलो रहेकाले जडिवुटिले पनि यो प्रदेश धनी रहेको उहाँले बताउन भयो । नेपाल वाट वाहिर निर्यात गरीने जडिवुटि सबै भन्दा वडि सुदूरपश्चिम प्रदेशबाट नै निर्यात हुने गरेको पनि उहाँले बताउन भयो ।

 

अब यस क्षेत्रबाट उत्पादन हुने जटिवुटीलाई प्रशोधीत गरी बैज्ञानीक रुपमा निर्यात गर्नु पर्ने मन्त्री रावलले बताउनु भयो । जसले गर्दा सुदूरपश्चिम प्रदेशमा रोजगारी सिर्जना भई आर्थिक समृद्धि आउने उहाले बिश्वास व्यक्त गर्नु भयो ।

 

अब यस क्षेत्रबाट उत्पादन हुने जटिवुटीलाई प्रशोधीत गरी बैज्ञानीक रुपमा निर्यात गर्नु पर्ने मन्त्री रावलले बताउनु भयो । जसले गर्दा सुदूरपश्चिम प्रदेशमा रोजगारी सिर्जना भई आर्थिक समृद्धि आउने उहाले बिश्वास व्यक्त गर्नु भयो ।

विसं २०५५ सालमा स्थापना भएको बसन्त समुदायिक वन ४९८.९३ हेक्टर क्षेत्रफलमा फैलीएको छ ।

जस मध्ये वन क्षेत्रको ४ हेक्टर भु भाग संरक्षित क्षेत्रमा पर्दछ भने ४९४.९३ हेक्टर वनक्षेत्र उत्पादनशील वनका रुपमा रहेको उपभोक्ता समुहका अध्यक्ष रन सिंह सुनारले जानकारी दिनुभयो । बसन्त सामुदायिक बनमा हाल १ हजार ९ घरधुरी आवद्ध रहेका छन भने ६ हजार ४ सय २० जना लाभान्वीत भएको अध्यक्ष सुनारले वताउनु भयो ।

साधारण सभामा विसिष्ट अतिथि सुदुरपश्मि प्रदेश सभा सदस्य महेश दत्त जोशी रहन भएको थियो । अतिथिहरुमा समुदायिक वन उपभोक्ता महासंघका प्रदेश सदस्य टेकबहादुर हमाल,शुक्लाफाँटा नगरपालीका ११ का वडा अध्यक्ष दिल बहादुर वुढा, वन अधिकृत गणेश ठगुन्ना, भक्तराज जोशी, लक्ष्मी साउद लगायत बनका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।साधारण सभामा स्वागत मनत्व्य हरि प्रशाद भट्टले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन रामबहादुर चुनाराले गर्नु भएको थियो ।