२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

लवारी राम चौधरी १८ औं पटक भलमन्सामा चयन

image

कञ्चनपुर (झलारी) विभिन्न थारु गाउ तथा बस्तीमा गाउको नेतृत्व गर्ने व्यक्ती भलमन्सा (बड्घर)  छनौट भइरहेका छन । थारु समुदायको चलन अनुसार प्रजातान्त्रीक रुपमा यहाँका थारु बस्तीहरुमा भलमन्सा (बड्घर) लगायत गाउँको नेतृत्व टिमका लागी प्रतिनिधी छनौट गर्ने कार्य हिजो मंगलवारवाट विधीवत रुपमा शुरु भएको हो । भलमन्सा छनौट गर्ने क्रममा वुधवार कृष्णपुर नगर पालिका २ वाणी मुक्त कमैया वस्तीमा वसेको एक भेलाले लवारी राम चौधरीलाई पुनः १८ औं पटक भलमन्सामा चयन गरेको छ । 
उनी २०५७ सालमा मुक्त कमैया घोषणा भए देखी हाल सम्म पनि निरन्तर रुपमा भलमन्सामा चयन हुदै आएका छन । यसै गरि सो भेलावाट गुरुवामा सहतिया राना, चौकिदारमा बुझौना चौधरीलाई चयन गरिएको छ । यसै गरी हिरापुर बस्तिमा भलमन्सा र चौकिदार रबिलाल चौधरी अहिरिया टोलमा भलमन्सामा सालिक राम चौधरी,र चौकिदारमा गर्भु चौधरी,गुरुवामा धक्कन खुना पुनः सर्बसम्बतरुपमा चयन भएका छ्न । 
माघ महिनालाई नयाँ वर्षका रुपमा मनाउने थारु समुदायमा अहिले गाँउको अगुवा प्रतिनिधीका रुपमा एक वर्षका लागि भल्मन्सा(वड्घर),खवर आदान प्रदानका लागी चिराकी(चौकीदार) र गाउ घर तथा खेतीवारी लगायतमा 
संरक्षणका लागि गुरुवा, केसौका चयन गर्ने चलन रहेको छ ।