२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

थारु संस्कृति जोगाउन भम्केपानीमा माघि मिलन कार्यक्रम सम्पन्न

image

कञ्चनपुर(झलारी)

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वडा नम्वर ८ र ९ मा रहेको भम्केपानीमा माघी मिलन कार्यक्रम वडा नम्वर ८ र ९ का वडघरहरुको आयोजनामा  शुक्रवार सम्पन्न भएको छ ।
माघी मिलन कार्यक्रममा स्थानिय थारु समुदायले थारु संस्कृतिका सखिया, मंग्रवा, छोक्रा लगाएतका विभिन्न नाच प्रस्तुत गरेका थिए । 
माघी मिलन कार्यक्रममा राष्ट्रीय थारु कलाकार मनीराम करिया मघरीया र सुनीता चौधरीले थारु भाषमा गितहरु गाएर स्थानियहरुलाई मनोरन्जन गराएका थिए ।
कार्यक्रमलाई थारु अगुवा भागिराम चौधरीले सम्वोधन गर्दै थारुहरुको आफ्नो पहिचान,कला, संस्कृति लोपहुदै  गई रहेकोले  थारु युवा पुस्तालाई आफ्नो पहिचान,कला र संस्कृति जोगाउन  अग्रसर हुन आग्रह गनु भयो ।
कार्यक्रमा राष्ट्रीय थारु कलाकार मनीराम करिया मघरीयाले अब कम्तीमा चाडपर्व र विवाहमा सम्पुर्ण थारु समुदायका व्यक्तीहरुले थारु पहिरन लगाए मात्र थारुहरुको  पहिचान जोगीने उहाँले वताए ।
वडघरीया चुनुलाल डगौराको सभापतित्वमा सम्पन्न माघी मिलन कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा वडा नम्वर ८ का वडा अध्यक्ष बहमदुर महरा रहनु भएको थियो । बिशिष्ट अतिथिमा शुक्लाफाँटा वडा नम्बर ९ का अध्यक्ष रमेश बहादुर ऐर र कार्यपालीका सदस्य भिम टमटा रहनु भएको थियो । अतिथिमा शुक्लाफाँटा नगरपालकाका विभिन्न ठाँउको प्रतिनिधित्व गर्ने वडघरहरु र थारुहरुको संरक्षणमा लागी रहेका अगुवा थारु समुदायका व्यक्तीहरु रहनु भएको थियो ।
कार्यक्रमा स्वगत मन्त्यव्य दिदै वडघर डिल्ली बहादुर चौधरीले भन्नु भयो “अव हाम्रो संस्कृति जोगाउन युवाहरुनै अगाडि सर्नुपर्दछ ।” कार्यक्रममा विभिन्न थारु परिकारहरु समेत अतिथिहरुको स्वागतमा खानदिइएको थियो ।