काठमाडौंमा पहिलो पटक RK Tharu & Sanghaati Band को धमाकेदार Live Show हुँदै
काठमाडौं, थारु संगीत क्षेत्रका चर्चित गायक, संगीतकार तथा स्टेज पर्फर्मर RK Tharu आफ्नो सांगीतिक समूह “Sanghaati Band” सहित काठमाडौं उपत्यकामा पहिलो पटक Live Show लिएर आउने भएका छन्। “
Live with RK Tharu & Sanghaati 2026” नाम दिइएको कार्यक्रम यही 30 May 2026 मा ललितपुरको झम्सिखेलस्थित Moksh Restaurant & Bar मा आयोजना हुने भएको हो।
थारु भाषा, संस्कृति र संगीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै आएका RK Tharu थारु संगीत क्षेत्रमा निकै लोकप्रिय नाम मानिन्छन्। उनले गाएका गीतहरूले करोडौं दर्शकको मन जितिसकेका छन्।
विशेषगरी थारु संगीत क्षेत्रमा पहिलो पटक एक करोडभन्दा बढी views प्राप्त गर्ने कलाकारका रूपमा उनले नयाँ इतिहास कायम गरेका छन्।
ऊर्जावान स्टेज प्रस्तुति र सांगीतिक शैलीका कारण RK Tharu देशका विभिन्न स्थानमा हुने कार्यक्रमहरूमा आकर्षणको केन्द्र बन्ने गरेका छन्। हालै उनले “Sanghaati Band” गठन गरेका छन्, जुन थारु संगीत क्षेत्रमा पहिलो Live Band अवधारणाका रूपमा चर्चा बटुलिरहेको छ। “11th Khichara Mahotsav” मा प्रस्तुत गरिएको उनीहरूको पहिलो Live Performance दर्शकबाट अत्यधिक प्रशंसा प्राप्त गर्न सफल भएको थियो।
आयोजक Meetus Ghongi Station Pvt. Ltd. का अनुसार कार्यक्रममार्फत थारु संस्कृति र आधुनिक संगीतलाई एउटै मञ्चमा प्रस्तुत गर्दै युवापुस्तालाई विशेष सांगीतिक अनुभव दिने उद्देश्य रहेको छ। कार्यक्रममा Live Music, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक वातावरण रहने जनाइएको छ।
कार्यक्रमका लागि टिकट बुकिङ खुला भइसकेको आयोजकले जनाएको छ। https://sewaexchange.com/product/134/live-with-rk-tharu-sanghati-30th-may-2026-jestha-16-2083

Give Your Thought5>