• Saturday, August 15

आरके थारु र आरजू चौधरीको स्वरमा ‘रे गाेरिया’ सार्वजनिक हुँदै

Fm Radio Link

काठमाडौं । गायक आरके थारु र गायिका आरजू चौधरीको स्वरमा नयाँ गीत ‘रे गाेरिया’ सार्वजनिक हुने भएको छ। आरके डिजिटलको प्रस्तुति रहेको गीत आज शुक्रबार दिउँसो ४ बजे देखि विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने जनाइएको छ।

 

गीतमा आरके थारु र आरजू चौधरीले संयुक्त रूपमा स्वर दिएका छन्। महेश कुचिलाको शब्द तथा संगीत रहेको गीतलाई पुष्कर महतौले एरेन्ज गरेका छन् भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

 

‘रंगारिया’ को भिडियोमा नरेश चौधरी र सञ्जना चौधरीको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मनोज चौधरीले गरेका छन्। अमरता राजबिर (एसी) ले मेकअप तथा क्यामेरा/एडिटतर्फ रामु चौधरी एन्ड टिमले काम गरेको पोस्टरमा उल्लेख छ। गीतको ड्रेस डिजाइन ‘सुई धागा’ले गरेको छ।

 

आरके थारु थारु समुदायमा परिचित कलाकारका रूपमा सक्रिय छन् भने आरजू चौधरी पनि संगीत तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय छिन्। दुवैको स्वरमा आउन लागेको ‘रंगारिया’ ले थारु सांगीतिक स्वाद र नयाँ पुस्ताको प्रस्तुतिलाई जोड्ने अपेक्षा गरिएको छ।

 

गीत स्पोटीफाइ, रेसो, टिकटक, एप्पल म्युजिक, सावन, आईट्युन्स स्टोर, अमेजन म्युजिक र गाना लगायतका डिजिटल प्लेटफर्ममा उपलब्ध हुने जनाइएको छ।

Give Your Thought

Latest Update