• Tuesday, September 08

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

३ लाख ३२ हजारभन्दा बढी परीक्षार्थीमध्ये २ लाख ३१ हजार विद्यार्थी उत्तीर्ण, १७ हजार ७८६ जनाले ३.६१ भन्दा माथि जीपीए प्राप्त

Fm Radio Link

५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । बोर्डका अनुसार नियमिततर्फ परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ विद्यार्थমध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् । यो संख्या कुल परीक्षार्थीको ६९.७५ प्रतिशत हो ।

नतिजाअनुसार १ लाख ४७१ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

जीपीएका आधारमा ३.६१ देखि ४.०० सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २४९ जना तथा २.४१ देखि २.८० जीपीए हासिल गर्ने ५० हजार ५९७ जना रहेका छन् ।

यस्तै २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना छन् भने १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ रहेको बोर्डले जनाएको छ ।

आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३६ हजार ४२० जना ग्रेडेड भएका छन्, जुन ४२.३८ प्रतिशत हो ।

नियमित र आंशिक दुवै समूह गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ । दुवै समूहको नतिजा जोड्दा समग्र ग्रेडेड प्रतिशत ६४.१३ पुगेको छ ।

यस वर्ष नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

नतिजा हेर्ने तरिका

वेबसाइटमार्फत :

SMS मार्फत :

  • मोबाइलको मेसेजमा NEB <space> Symbol Number टाइप गरी 1600 मा पठाउने ।

IVR सेवा :

  • 1601 मा फोन गरी प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिने ।

USSD सेवा :

  • *1601# डायल गरी निर्देशनअनुसार नतिजा हेर्न सकिने ।
Give Your Thought

Latest Update