• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

पोखरामा अन्तर्रा्ष्ट्रिय कला शिविर तथा प्रदर्शनी

Fm Radio Link

पोखरा ।

पोखरामा अन्तर्रा्ष्ट्रिय कला शिविर तथा प्रदर्शनी आयोजना भएको छ । सुनहरी छबिल फाउण्डेशन राजस्थान ईन्डियाको आयोजनामा इन्डिया नेपाल अन्तर्रा्ष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनी पोखराको लेकसाइडमा भएको हो ।

प्रर्दशनीमा २५ भारतीय र ११ नेपाली कलाकार सहभागी भएका थिए । दूई दिन आयोजना भएको कार्यक्रम मार्फत एक अर्काको कला आदान प्रदान समेत भएको थियो । यसअघि भारतको सिमला, राजस्थान, दिल्लीलगायत ठाउँमा कार्यक्रम गरिसकेको र पोखरामा आयोजित कार्यक्रम चौथो भएको फाउन्डेसनका संरक्षक अशोक अग्रवालले बताए । आजभन्दा ७ वर्षअघि खुलेको फाउन्डेसनले आर्थिक अवस्था कमजोर भएका र अवसर नपाएकालाई सहयोग गर्दै देश विदेश डुलाइरहेको अग्रवालको भनाइ छ ।

पोखराको कला कार्यशालामा बनेका चित्रकला आगामी जनवरीमा थाइल्याण्डमा प्रर्दशनी हुनेछ । चित्र बिक्रिबाट आउने रकम मध्ये ७० प्रतिशत कलाकार र ३० प्रतिशत फाउण्डेसनको कोषमा रहनेछ । स्थानीय संयोजक हेमकान्ती गुरुङले संयुक्त रुपमा कला प्रदर्शनी गर्दा आफूहरुले सिक्ने मौका पाएको बताइन् ।
 

प्रतिकृया दिनुहोस