• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

शीतलहर संगै  चिसोका कारण वालक र वृृद्ध विरामी संख्या वढे

वेदकोट नगरपालीका र स्थानिय स्वास्थ्य चौकीले सञ्चालन गरेको स्वास्थ्य इकाइ

Fm Radio Link
फोटो: भोजराज पन्त

कञ्चनपुर, सुदुरपश्चिममा शीतलहरका कारण मौसम प्रतिकुल भई अत्याधिक चिसो बढेको छ  । चिसोका कारण वालक र वृृद्धहरु विरामी हुने क्रम वढेको छ । चिसो बढे सँगै कञ्चनपुरको वेदकोट नगरपालीका र स्थानिय स्वास्थ्य चौकीले स्वास्थ्य इकाइ सँचालन गरेको छन् । 

 

“यदि यस्तै शीतलहर वढ्दै जानेहो भने कोल्ड डाईरीया, निमोनिया आदिका विरामि वढ्ने छन् ।” : नगर स्वास्थ्य शाखाप्रमुख पाल

 

वेदकोट नगरपालीका र स्थानिय स्वास्थ्य चौकीले नगरपालिकाले सञ्चालन गरेको नगर स्वास्थ्य इकाइमा आउने बिरामीको चाप पनि वढेको छ । विरामीहरुमा वालवालीका र वृद्धहरु अधिक रहेको नगर स्वास्थ्य शाखा प्रमुख हरिसा पालले जानकारी दिइन् । उनले भनिन् “नगर भित्र रहेका स्वास्थ्य संस्थामा चिसोका कारण दैनिक २०० भन्दा विरामीहरु आउने गरेका छन ।” नगरपालीकामा हाल ७७ किसिमको औषधी, बिरामीहरुलाई निःशुल्क वितरण गरीराखेको छ । औषधीको अभाव नरहेकाले सेवाग्राहीहरु नगरले दिएको सेवा लिईरहेका छन् । नगर स्वास्थ्य शाखाप्रमुख पालले भनिन् “यदि यस्तै शीतलहर वढ्दै जानेहो भने कोल्ड डाईरीया, निमोनिया आदिका विरामि वढ्ने छन् ।” चिसो बाट बच्न घर बाट बाहिर निस्कदा न्यानो लुगा लगाएर मात्र बाहिर आउनु पर्ने, तातो झोलीलो खानेकुरा खाने, आगोले सेक्ने, तर बन्दकोठामा आगो नबाल्ने । कोठामा आगो बाल्यो भने धुवाको कारणले वालक, मुटु र स्वास प्रस्वास सम्बन्धिका बिरामीहरुलाई वढि असर पर्दछ ।

 

 नगरपालीकामा रहेका २ वटा स्वास्थ्य चौकी र ७ वटा नगर स्वस्थ्य इकाई्रमा दैनिक रुघा खोकी ज्वरोका विरामी आउने गरेको नगर स्वास्थ्य शाखा प्रमुख पालले जानकारी दिइन् । शीतलहरका कारण नगरपालीका भित्र रहेका शैक्षिक संस्थामा बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयमा पौष ३ र ४ गते बिदा दिइएको छ । शीतलहर बढेपछि वेदकोट नगरपालीका द्वारा नगर क्षेत्र भित्र रहेको महेन्द्रराजमार्ग पर्ने सुडा, लालपुर, सिसैया, सामादैजी, दैजी, चम्पापुर चोकहरमा दाउरा मुडा वितरण गरेको छ । मानिसहरुमा धुम्रपान र मद्यपान गर्नाले चिसो वाट बचिन्छ भन्ने भ्रम रहेपनि त्यसो नभइ धुम्रपान र मद्यपान गर्नाले चिसो मौसमा स्वास्थ्यमा झन प्रतिकुल असर पर्ने भएकाले त्यसो नगर्न पालले आग्रह गरिन् ।
 

प्रतिकृया दिनुहोस