• Tuesday, September 08

प्रियवर ! कस्तो छौ हैं ? रिसाएका त छैनौ नि ?

Fm Radio Link

प्रियवर ! कस्तो छौ हैं ?

 

रिसाएका त छैनौ नि ?

 

तिहारको लगत्तै तिमीलाई सूचितनै नगरी बेपत्ता बनेकी तिम्री प्रिया अहिले आफ्नो वासस्थान सकुशल फर्किसकेकी कुरा यसै पोस्टबाट जानकारी गराउँदैछु ।

 

हो नि प्रियस !

तिम्री माया तराई झरेकी थिइन् छठको अवसर पारेर । बरसौं भएको थियो छठपूजामा सहभागी नभएको । धेरै वर्षपछि नदीमा उभिएर सूर्यको आराधना गरें ।

 

यसरी अचानक बेपत्ता बन्दा धेरैले मिस गरेछन् । धेरैले मेसेज पठाएका रहेछन् ।

 

बरु तिमीले त्यति खोजखबर गरेनौ । तर पनि मलाई थाहा छ आफ्नी प्रियासँग संपर्क नहुँदा र केही खबर पाउँदाको तिम्रो त्यो छटपटाहट र बैचनी... कत्ति माया गर्छौ भनेर हेर्न कहिलेकाहीँ यस्तो पनि गर्नु पर्ने रहेछ प्रियमन ।

Give Your Thought

Latest Update