काठमाडौँ, त्रिकोणात्मक टि ट्वान्टी सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली महिला क्रिकेट टोलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी हुन् । यससँगै नेदरल्याण्ड्सले पहिला ब्याटिङ गर्नेछ ।
घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गर्दैछ । महिला टि ट्वान्टी वरियतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २०आँैं स्थानमा छ ।
यस सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उक्त सिरिजको उपाधि जित्नेछ ।
नेपाली महिला टोलीमा कप्तान बर्मासहित विन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, अलिसाकुमारी यादव, रेवती धामी, इश्वरी विष्ट, सीता राना मगर, कविता जोशी, रोमा थापा र मनिषा उपाध्याय छन् ।
Give Your Thought5>