• Tuesday, September 08

निर्देशक आदर्श महतो निर्देशित थारु संगीतको नयाँ धड्कन — “टुहिन से...” शुक्रबार साँझ ४ बजे सार्वजनिक हुँदै

शुक्रबार साँझ ४ बजे “टुहिन से...” को आधिकारिक प्रिमियर

Fm Radio Link

काठमाडौ, थारु संगीतमा धमाका मच्चाउने तयारी — निर्देशक आदर्श महता निर्देशित नयाँ म्युजिक भिडियो “टुहिन से” भोलि शुक्रबार साँझ ४ बजे रिलिज हुँदैछ ।

 

गीतको अडियो संस्करण हिजो (बिहीबार) नै Amuse Audio Platform बाट सार्वजनिक भइसकेको छ, र अहिले नै TikTok, YouTube / Facebook मा यसको धुन ट्रेन्डिङ बन्दैछ ।

 


समीक्षा, दिनेश र सुनीताको त्रिकोणले ल्याउनेछ ‘WOw’ अनुभव

 

यो गीतमा चर्चित गायिका समीक्षा चौधरी र गायक दिनेश चौधरीको आवाजले जादू बुनिएको छ। थारु भाषाको मीठो लयमा आधारित “टुहिन से...” सुनिने बित्तिकै मनमा बस्ने खालको गीत बनेको छ ।

 

भिडियोमा मोडेल सुनीता दहित र दिनेश चौधरीको जोडी देख्न सकिन्छ, जसको केमेस्ट्रीले दर्शकको मुटु जित्ने पक्का छ । सुनीताको भावनात्मक अभिनय र थारु पोशाकमा उनको सौन्दर्यले भिडियोको भिजुअल स्तर नै फरक बनाएको छ । 

 

गीतका शब्द र संगीत सर्गम चौधरी आरसी, एरेञ्ज गणेश चौधरी, र रेकर्डिङ ड्रिम्स स्टुडियोमा दिल समर्पणले गरेका हुन् ।


 

निर्देशक आदर्श महतोको भिजनले बनायो गीतलाई विशेष

 

थारु संगीतमा निरन्तर नयाँपन ल्याउँदै आएका निर्देशक आदर्श महतोले यो पटक “टुहिन से...” मार्फत संस्कृति, प्रेम र आधुनिकतालाई एउटै फ्रेममा बाँधेका छन् ।

 

आदर्श महतो भन्छन् —“टुहिन से... केवल गीत होइन, थारु समुदायको आत्मा हो । म चाहन्छु हाम्रो संस्कृतिको संगीत अब विश्वभर गुञ्जियोस् ।”

उनी भन्छन्, समीक्षा र दिनेशको स्वर, सुनीताको अभिनय र सम्पूर्ण टिमको मिहिनेतले यो भिडियोलाई “heart–touching” र “visual treat” बनाएको छ ।

 

गीतको समग्र व्यवस्थापन र समन्वयमा रामचन्द्र कुस्मीको भूमिका उल्लेखनीय छ । उनको योजनाबद्ध संयोजनले भिडियो सुटदेखि पोस्ट–प्रोडक्सन र प्रचारसम्म सबै कुरा सहज र प्रोफेशनल बनाएको टिमले जनाएको छ ।

 

मिडिया पार्टनरहरू www.fmradiolink.com,  Dibya News — www.dibyanews.com,  TharunkPage — www.tharunkpage.com ले गीतको प्रचारमा साथ दिँदै थारु संगीतलाई डिजिटल माध्यममा विश्वभर फैलाउने अभियानमा हात मिलाएका छन्।

 

अडियो ट्रेन्डिङ – Reels / TikTok मा धमाका हुने संकेत

 

गीतको अडियो अहिले नै Amuse, TikTok, YouTube / Facebook मा उपलब्ध छ । अब दर्शक–श्रोताहरूले यो धुन प्रयोग गरेर Reels, Qmories / TikTok भिडियोहरू बनाउन सक्नेछन्। 


थारु संगीतप्रेमीहरूले आफ्नो सिर्जनात्मक भिडियोमा यो गीत प्रयोग गरेपछि “टुहिन से...” डिजिटल प्लेटफर्ममा भाइरल हुने सम्भावना अत्यन्तै उच्च देखिएको छ ।

 

भोलि साँझ ४ बजे “टुहिन से...” को आधिकारिक प्रिमियर

 

गीतको भिडियो भोलि (शुक्रबार) साँझ ४ बजे Dibya News & Entertainment YouTube Channel मा रिलिज हुनेछ । थारु संस्कृति, प्रेम र आधुनिक संगीतको संगम बनेको यो भिडियोले थारु म्युजिक क्षेत्रमा नयाँ अध्याय लेख्ने विश्वास निर्माण टिमले गरेको छ ।

यी सबैको संयुक्त मेहनत र समर्पणले यो गीतलाई थारु संगीतको ऐतिहासिक क्षण बनाउने अपेक्षा गरिएको छ ।

 

Give Your Thought

Latest Update