शुक्रबार साँझ ४ बजे ‘कला संस्कृति बचाई…’ सार्वजनिक हुँदै
कला–संस्कृति बचाउन एकजुट हुनुपर्ने सन्देश
दिव्यन्यूज एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको सांगीतिक भिडियो ‘कला संस्कृति बचाई…’ शुक्रबार साँझ ४ बजे सार्वजनिक हुँदैछ।
यस भिडियोले एउटा महत्वपूर्ण सन्देश दिन्छ—
“कला–संस्कृति बचाउन हामी सबै एकजुट हुनुपर्छ।” : रामचन्द्र कुस्मी
थारु समुदायको मौलिक पहिरन, परम्परा र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियो कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकाको वडा नं. १ मा रहेको बन्शाहा गाँउमा सुटिङ गरिएको हो। गाउँको प्राकृतिक परिवेश, दैनिक जीवनशैली र सांस्कृतिक सौन्दर्यलाई वास्तविक रूपमा प्रस्तुत गरिएको छ।
समुदाय, युवा पुस्ता र सिर्जनशील कलाकारबीचको सहकार्यले मात्र मौलिकता जोगिन सक्ने निर्माण पक्षको विश्वास छ। भिडियोमा दिनेश चौधरी र सुनिता दहितको अभिनय रहेको छ। एरेन्ज गणेश चौधरी, गीतका शब्द तथा संगीत सर्गम चौधरीले तयार पारेका हुन् भने स्वर RK Tharu/Sonu Qushmiको छ।
छायांकन तथा सम्पादन रामु चौधरीले गरेका छन्। रामचन्द्र कुस्मी (Ramchandra Kusmi) द्वारा लेखिएको कथा र आदर्श महतोको निर्देशन/कोरियोग्राफी रहेको यो भिडियो https://www.youtube.com/@dibyanews र गितको अडियो Spotify, iTunes, TikTok, Resso, Saavn, Gaana लगायतका प्लेटफर्महरूमा उपलब्ध हुनेछ।

Give Your Thought5>