• Tuesday, September 08

शुक्रबार साँझ ४ बजे ‘कला संस्कृति बचाई…’ सार्वजनिक हुँदै

कला–संस्कृति बचाउन एकजुट हुनुपर्ने सन्देश 

Fm Radio Link

दिव्यन्यूज एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको सांगीतिक भिडियो ‘कला संस्कृति बचाई…’  शुक्रबार साँझ ४ बजे सार्वजनिक हुँदैछ।

 

यस भिडियोले एउटा महत्वपूर्ण सन्देश दिन्छ—

“कला–संस्कृति बचाउन हामी सबै एकजुट हुनुपर्छ।” :  रामचन्द्र कुस्मी

 

थारु समुदायको मौलिक पहिरन, परम्परा र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियो कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकाको वडा नं. १ मा रहेको बन्शाहा गाँउमा सुटिङ गरिएको हो। गाउँको प्राकृतिक परिवेश, दैनिक जीवनशैली र सांस्कृतिक सौन्दर्यलाई वास्तविक रूपमा प्रस्तुत गरिएको छ।

 

 

समुदाय, युवा पुस्ता र सिर्जनशील कलाकारबीचको सहकार्यले मात्र मौलिकता जोगिन सक्ने निर्माण पक्षको विश्वास छ। भिडियोमा दिनेश चौधरीसुनिता दहितको अभिनय रहेको छ। एरेन्ज गणेश चौधरी, गीतका शब्द तथा संगीत सर्गम चौधरीले तयार पारेका हुन् भने स्वर RK Tharu/Sonu Qushmiको छ।

 

छायांकन तथा सम्पादन रामु चौधरीले गरेका छन्। रामचन्द्र कुस्मी (Ramchandra Kusmi) द्वारा लेखिएको कथा र आदर्श महतोको निर्देशन/कोरियोग्राफी  रहेको यो भिडियो https://www.youtube.com/@dibyanews र गितको अडियो Spotify, iTunes, TikTok, Resso, Saavn, Gaana लगायतका प्लेटफर्महरूमा उपलब्ध हुनेछ।

Give Your Thought

Latest Update