आज साँझ ४ बजे ‘कला संस्कृति बचाई…’ सार्वजनिक हुँदै, अन्तिम तयारी पूरा
FM Radio Link
दिव्यन्यूज एण्ड इन्टरटेन्मेन्टDibyanews & Entertainmentले तयार गरेको नयाँ सांगीतिक भिडियो ‘कला संस्कृति बचाई…’आज साँझ ४ बजे सार्वजनिक हुन लागेको छ।
टिमका अनुसार भिडियोको सबै सम्पादन, भिडियो क्वालिटी चेकदेखि अपलोडसम्मका तयारी पूरा भइसकेका छन्।
“कला–संस्कृति जोगाउन अब सबै समुदाय एकजुट हुनुपर्छ।” — रामचन्द्र कुस्मी
थारु समुदायको पहिरन, परम्परा र सांस्कृतिक पहिचानलाई मूल विषय बनाइएका कारण यो भिडियोप्रति समुदायसम्ममा उत्साह देखिएको छ।
भिडियोको सुटिङ कञ्चनपुरको शुक्लाफाँटा–१ बन्शाहा गाउँमा गरिएको हो जहाँ वास्तविक दैनिक जीवन, मौलिकता र सौन्दर्यलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।
मुख्य कलाकार: दिनेश चौधरी, सुनिता दहित एरेन्ज: गणेश चौधरी शब्द/संगीत: सर्गम चौधरी स्वर: RK Tharu / Sonu Qushmi छायांकन/सम्पादन: रामु चौधरी कथा: रामचन्द्र कुस्मी निर्देशन/कोरियोग्राफी: आदर्श महतो
भिडियो आज ४ बजे YouTube को Dibya News Channelमार्फत सार्वजनिक हुनेछ। अडियो भने Spotify, iTunes, TikTok, Resso, Saavn, Gaana लगायतका प्लेटफर्महरूमा उपलब्ध हुनेछ।
Give Your Thought5>