• Tuesday, September 08

आज साँझ ४ बजे ‘कला संस्कृति बचाई…’ सार्वजनिक हुँदै, अन्तिम तयारी पूरा

Fm Radio Link

दिव्यन्यूज एण्ड इन्टरटेन्मेन्ट Dibyanews & Entertainmentले तयार गरेको नयाँ सांगीतिक भिडियो ‘कला संस्कृति बचाई…’ आज साँझ ४ बजे सार्वजनिक हुन लागेको छ।
टिमका अनुसार भिडियोको सबै सम्पादन, भिडियो क्वालिटी चेकदेखि अपलोडसम्मका तयारी पूरा भइसकेका छन्।

 


“कला–संस्कृति जोगाउन अब सबै समुदाय एकजुट हुनुपर्छ।” — रामचन्द्र कुस्मी

 

थारु समुदायको पहिरन, परम्परा र सांस्कृतिक पहिचानलाई मूल विषय बनाइएका कारण यो भिडियोप्रति  समुदायसम्ममा उत्साह देखिएको छ।


भिडियोको सुटिङ कञ्चनपुरको शुक्लाफाँटा–१ बन्शाहा गाउँमा गरिएको हो जहाँ वास्तविक दैनिक जीवन, मौलिकता र सौन्दर्यलाई जस्ताको त्यस्तै  प्रस्तुत गरिएको छ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्

मुख्य कलाकार: दिनेश चौधरी, सुनिता दहित
एरेन्ज: गणेश चौधरी
शब्द/संगीत: सर्गम चौधरी
स्वर: RK Tharu / Sonu Qushmi
छायांकन/सम्पादन: रामु चौधरी
कथा: रामचन्द्र कुस्मी
निर्देशन/कोरियोग्राफी: आदर्श महतो

भिडियो आज ४ बजे YouTube को Dibya News Channel मार्फत सार्वजनिक हुनेछ। अडियो भने Spotify, iTunes, TikTok, Resso, Saavn, Gaana लगायतका प्लेटफर्महरूमा उपलब्ध हुनेछ।

Give Your Thought

Latest Update